इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ।
पुनेमा मंगलबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई ६१ रनले हराउँदै राजस्थानले सुखद सुरुवात गरेको हो।
राजस्थानले दिएको २ सय ११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन मात्र बनाउन सक्यो ।
यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमायर २ सय १० रन जोडेको थियो । जीतसँगै राजस्थानले १ खेलमा २ अंक जोडेको छ । हैदरावादले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।