त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले पाहुना टोली पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गरिरहेको छ ।
नेपालले टस हारेर पहिला ब्याटिङ गरिरहेको छ । टियु मैदानमा पपुवा न्युगिनीका कप्तान असाद भालाले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिए ।
त्रिवि क्रिकेट मैदानमा नेपाल र पपुवा न्युगिनीबीचको खेल दिउँसो साढे १२ बजेदेखि सुरु भएको हो ।
एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा क्लिन स्विप भएको नेपाल टी–२० सिरिजमा त्यसको बदला लिने लक्ष्यमा रहने छ ।
नेपालको प्लेइङ ११ः
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), करण केसी, अभिनाश बोहरा, लोकेश बम, कुशल मल्ल र रोहित कुमार पौडेल ।