त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले आज पाहुना टोली पपुवा न्युगिनी (पीएजनी)सँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिवि क्रिकेट मैदानमा नेपाल र पपुवा न्युगिनीबीचको खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ ।
एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा क्लिन स्विप भएको नेपाल टी–२० सिरिजमा त्यसको बदला लिने लक्ष्यमा रहने छ ।