एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल पपुवा न्युगिनी (पीएनजी)सँग ३ विकेटले पराजित भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७८ रन बनाएको थियो ।
२७९ रनको लक्ष्य लिएर मैदान उत्रिएको पीएनजीले ७ विकेट गुमाएर ६ बल अगाडि नै २८३ रन बनायो ।
पीएनजीको जितमा लेगा सियाकाले ९०, रिले हेकुरेले ४८, सेसे बाउले ३८, अलेवा अमिनीले ३६, चार्ल्स जोर्डन अलेवा अमिनीले ३५ रन बनाए ।
नेपालका सोमपाल कामीले ३, पवन सरार्फले २, सन्दीप लामिछाने र आरिफ शेखले १–१ विकेट लिए ।
नेपालको ब्याटिङ
नेपालका लागि दिपेन्द्रसिंह ऐरीले करियरकै पहिलो शतकीय पारि खेलेका थिए । दिपेन्द्रले १४० बलममा १०५ रन बनाए । त्यस्तै, ओपनर देव खनालले ७२, रोहितकुमार पौडेलले ३५, भीम शार्कीले २६ र कप्तान सन्दीप लामिछानेले नटआउट २४ रन बनाए ।
शुक्रबार भएको खेलमा नेपाल पीएजनीसँग ६ रनले पराजित भएको थियो । त्यसअघि यूएईमा नेपालले पहिलो खेलमा पीएजनीमाथि दुई विकेट र दोस्रो खेलमा ७ विकेटको जित निकालेको थियो ।
नेपालले पीएनजीसँग एकदिवसीय सिरिज लगत्तै नेपाल र पीएनजीले मलेसियासँग त्रिदेशीय टी ट्वान्टी प्रतियोगिता खेल्नेछन् ।