नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गरिरहेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए ।
नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । कमल सिंह ऐरीको स्थान गुल्सन झा आएका छन् ।
अपडेटः
यो समाचार तयार पार्दासम्म नेपालले ३५ ओभरमा ३ विकेट गुमाएर १६५ रन बनाएको छ ।
नेपालका देव खनाल ७२ रन बनाएर आउट भएका छन् । अनिल शाह १ र कुशल भुर्तेल ० रनमा आउट भए ।
अहिले दिपेन्द्र ऐरी ७० र रोहित पौडेल २६ रन बनाएर खेलिरहेका छन् ।
पहिलो खेलमा पराजित भएको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा रहेको छ । शुक्रबार भएको सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल पीएनजीसँग ६ रनले पराजित भएको थियो ।
नेपाल आजको खेलमा जित निकाल्दै सिरिज बराबरी गर्ने योजनामा छ । नेपालका कप्तान सन्दीप लामिछानेले आजको खेलमा जित निकाल्ने योजना भएको बताएका थिए । यूएईमा नेपालले पहिलो खेलमा दुई विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा ७ विकेटको जित निकालेको थियो ।
नेपालले आगामी मेमा आईसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिकामा सिरिज खेल्दैछ । त्यसैका लागि यो सिरिजलाई फोकस गरेको छ । नेपालले पीएनजीसँग एकदिवसीय सिरिज लगत्तै नेपाल र पीएनजीले मलेसियासँग त्रिदेशीय टी ट्वान्टी प्रतियोगिता खेल्नेछन् ।