नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीच दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ । नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा हुने उक्त खेल साढे ९ बजे सुरु हुनेछ ।
यसअघि शुक्रबार भएको पहिलो एकदिवसीयमा नेपाल पीएनजीसँग ६ रनले पराजित भएको थियो । । नेपालका रोहित पौडेलले शतक प्रहार गरे पनि हार व्यहोर्नु परेको हो ।
पीएनजीको टोली दुई खेलको एक दिवसीय शृङ्खला र मलेसिया र नेपालसहितको तीन देशीय टी–२० शृङ्खलाको लागि नेपाल आएको हो। सोमबारबाट टी–२० शृङ्खला सुरु हुनेछ।