नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शुक्रबार) पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र पीएनजीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।
आईसीसी विश्वकप डिभिजन टू अन्तर्गत पीएनजीसँग दुई एकदिवसीय खेल खेलेको नेपालले आज घरेलु मैदानमा पीएनजीसँग पहिलो एकदिवसीय सिरिज खेल्न लागेको हो ।
यूएईमा नेपालले पीएनजीसँग दुई एकदिवसीय खेल खेलेको थियो । नेपालले दुवै खेलमा जित निकालेको थियो । पहिलो खेलमा दुई विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा ७ विकेटको जित निकालेको थियो ।
नेपालले पीएनजीसँग घरेलु भूमिमा दुई एकदिवसीय क्रिकेट खेल्नेछ । एकदिवसीय सिरिज लगत्तै नेपाल र पीएनजीले मलेसियासँग त्रिदेशीय टी ट्वान्टी प्रतियोगिता खेल्नेछन् ।