आज नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ। नेपालले उसकै मैदानमा थाइल्याण्डको सामना गर्न लागेको हो। खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ।
यस अघिका दुई भेटमा पराजित भएको नेपाल आज बदला लिने सोचमा छ। एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो।
एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन्। एसियन कपका छनोट खेल जुन ८ देखि १४ सम्म हुनेछ। त्यसअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो।