आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ७ विकेटले पराजित गरेको छ ।
टस हारेर ब्याटिङ गरेको पीएजीले ५० ओभरमा ८ विकेट गुमाउँदै नेपाललाई १७३ रनको लक्ष्य दिएको थियो ।
१७४ रनको लक्ष्य पाएको नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।
नेपालका लागि ओपनर कुलश भुर्तेल र आरिफ शेखले अर्धशतक बनाए । कुशलले ६४ बलमा ५० रन र आरिफले १०२ बलमा ५९ रन बनाए । त्यस्तै, रोहित पौडेलले ४८ बलमा ४४ रन बनाए ।
आशिफ शेख २ र दिपेन्द्र सिंह ऐरी ० रनमा आउट भए ।
पहिलो ब्याटिङ गरेको पीएनजीका लागि कप्तान असाद भालाले सर्वाधिक ४५ रन बनाएका थिए ।
पीएनजीलाई सस्तैमा समेट्न नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई–दुई विकेट लिए । त्यस्तै, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी र पवन सर्राफले समान एक–एक विकेट लिए ।
नेपालले सिरिजको पहिलो खेलमा पनि पीएनजीलाई दुई विकेटले हराएको थियो ।
त्यसपछि दोस्रो खेलमा यूएईसँग ४८ र तेस्रो खेलमा यूएईसँगै ९९ रनले पाराजित भएको थियो ।