ओमानमा भएको आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोट ‘ए’ मा सहभागी भएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कंदै छ ।
नेपाल क्रिकेट संघ ९क्यान० ले नेपाली टोली आज साँझ साढे पाँचमा नेपाल आइपुग्ने जानकारी दिएको हो ।
छनोटअन्तर्गत बिहीबार तेस्रो स्थानका लागि भएको खेलमा घरेलु टोली ओमानलाई ९ विकेटले हराउँदै नेपालले तेस्रो स्थान हासिल गरेको थियो ।
सेमिफाइनलमा युएईसँग पराजित भएपछि अस्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्ने नेपालको सपना भने अधुरै रह्यो ।