सहिद स्मारक 'ए' डिभिजन लिगको आजको दोस्रो खेलमा मच्छिन्द्र फुटबल क्लबले थ्री स्टार क्लबलाई १–० गोलले हराएको छ ।
मच्छिन्द्रका सुजल श्रेष्ठले इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गरे । थ्री स्टारका जीवन गुरुङले रातो कार्ड पाएपछि उ १० खेलाडीमा सीमित भएको थियो ।
लिगको उपाधि जितिसकेको मच्छिन्द्रको १२ खेलमा ३२ अङ्क भएको छ । थ्री स्टार १८ अङ्कसहित चौथो स्थानमा छ ।