पर्सीदेखि ओमानमा सुरु हुने टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ क्यानले मंगलबार १४ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ।
प्रशिक्षक पुबुदु दासानायेके र राष्ट्रिय क्रिकेट टिमको छनोट समितिबीच मंगलबार बैठकपछि टिमको घोषणा गरिएको हो।
घोषित १४ सदस्यीय टिममा ओमान भ्रमणमा रहेका १७ जना खेलाडी मध्ये करन केसी, कुशल मल्ल, शाहब आलम र प्रदिप ऐरीलाई बाहिर राखिएको छ। करन ढाडको समस्याका कारण प्रतियोगिताबाट बाहिर भएपछि नेपाल फर्कनेछन्।
यी हुन् छ विश्वकप छनोटमा खेल्ने अन्तिम १४ खेलाडी
सन्दीप लामिछाने (कप्तान)
शरद भेषवाकर
ज्ञानेन्द्र मल्ल
दीपेन्द्रसिंह ऐरी
कुशल भुर्तेल
मोहम्मद आरिफ शेख
मोहम्मद आशिफ शेख
अभिनास बोहोरा
जितेन्द्र कुमार मुखिया
कमलसिंह ऐरी
विवेक कुमार यादव
लोकेश बहादुर बम
सागर ढकाल
गुल्सन कुमार झा
रिजर्भ
कुशल मल्ल
शाहब आलम
प्रदीप ऐरी
नेपालले टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत पहिलो खेल ओमानसँग शुक्रबार खेल्नेछ। शनिबार फिलिपिन्स र सोमबार क्यानडासँग खेल्ने तालिका छ। समूहको उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछन्। सेमीफाइनल खेल जितेको खण्डमा नेपाल यो वर्ष टि-२० विश्वकप खेल्न छनोट हुनेछ।