ओमानमा जारी चार देशबीचको टी–२० क्रिकेट सिरिजमा नेपाल र टेस्ट टोली आयरल्याण्डबीचको खेल सुरू भएको छ ।
नेपाल र आयरल्याण्डबीचको खेल सोमबार अपरान्ह ३ः४५ देखि अलअमरेत क्रिकेट स्टेडियममा सुरू भएको हो ।
नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन् ।
नेपालले आजको खेलमा तीन टोलीमा परेको छ । नेपालले युएईसँगको खेलबाट साहब आलम, विवेक यादव र आरिफ शेखलाई बेन्चमा राखेको छ । अभिनाश बोहरा, कुशल मल्ल र कुशल भुर्तेल टोलीमा फर्किएका छन् ।
Nepal (Playing XI): Gyanendra Malla, Aasif Sheikh(w), Dipendra Singh Airee, Sharad Vesawkar, Kushal Malla, Lokesh Bam, Kushal Bhurtel, Abinash Bohara, Sandeep Lamichhane(c), Jitendra Mukhiya, Kamal Singh Airee
जारी सिरिजमा दुवै टिमले एक–एक खेल जितेका छन् । दुबै टोली ओमानलाई हराउँदा युएईसँग पराजित भएका थिए ।
अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म नेपालले आयरल्याण्डलाई हराउन सकेको छैन । यी दुई टिमले अन्तिमपटक २०१९ मा टी–२० म्याच खेलेका थिए । उक्त खेलमा आयरल्याण्ड १३ रनले विजयी भएको थियो ।
ग्लोबल छनोट र तालिका
सिरिजपछि नेपालले फेब्रुअरी १८ देखि २४ तारिख विश्वकप छनोट खेल्नेछ । विश्वकप छनोटमा आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा नेपाल, क्यानडा, ओमान र फिलिपिन्स छन् । समूह बी मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् ।
प्रतियोगिता फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान बनाउनेछन् ।
तालिका
फागुन ६ (१८ फेब्रुअरी) – नेपालविरुद्ध ओमान
फागुन ७ (१९ फेब्रुअरी) – नेपालविरुद्ध फिलिपिन्स
फागुन ९ (२१ फेब्रुअरी ) – नेपालविरुद्ध क्यानडा
फागुन १० (२२ फेब्रुअरी ) – पहिलो सेमिफाइनल (समूह ए को विजेता र समूह बी को उपविजेता)
फागुन १० (२२ फेब्रुअरी) – दोस्रो सेमिफाइन (समूह बी को विजेता र समूह ए को उपविजेता)
फागुन १२ (२४ फेब्रुअरी) – फाइनल (सेमिफाइनल ए र सेमिफाइनल बी बीचको विजेता)