भारतले वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ ।
अहमदाबादमा बुधवार भएको दोस्रो एकदिवसीयमा ४४ रनको जित निकाल्दै भारतले सिरिज एक खेल अगाबै २-० ले जितेको हो ।
पहिलो एकदिवसीयमा भारतले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको थियो ।
भारतले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ४६ ओभरमा अलआउट हुँदै १ सय ९३ रन मात्र बनाउन सकेको थियो ।