टी–२० विश्वकप छनोट तथा चारदेशीय टी–२० श्रृङ्खला खेल्न नेपाली क्रिकेट टोली मंगलबार ओमान प्रस्थान गरेको छ ।
मंगलबार एक भर्चुअल कार्यक्रममार्फत युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजसहित नेपाल क्रिकेट संघ (क्यान)का अधिकारीहरुले उनीहरुलाई बिदाइ गरेका हुन्।
मंगलबार बेलुका १७ सदस्यीय क्रिकेट खेलाडी र ५ सदस्यीय व्यवस्थापकसहितको टोली ओमान प्रस्थान गरेको हो ।
आगामी शुक्रबार नेपालले चार देशीय श्रृङ्खला अन्तर्गत ओमानको सामना गर्नेछ
त्यस्तै शनिबार ओमान तथा सोमबार आयरल्याण्डको प्रतिस्पर्धा गर्नेछ। यो श्रृङ्खलालाई विश्वकप छनोटको लागि तयारी खेलको रुपमा हेरिएको छ।
विश्वकप छनोटको खेल भने अर्को साताको शुक्रबारदेखि सुरु हुनेछ।