ए डिभिजन लिगमा आज बुधवार भएको दोस्रो खेलमा मच्छिन्द्र क्लबले जावलाखेल युथ क्लबलाई दुई–शून्य गोलले हराएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रका लागि रञ्जित धिमालले गोल गरे भने एक गोल आत्मघाती उपहार पायो ।
यो जितसँगै मच्छिन्द्र तीन खेलमा सात अङ्कसहित दोस्रो स्थानमा पुगेको छ । जावलाखेलको यो लगातार तेस्रो हार हो । १३ औँ स्थानको जावलाखेलले अङ्क जोड्न सकेको छैन ।
आजको खेलबाट मच्छिन्द्रका रञ्जित धिमाल 'म्यान अफ दि म्याच' हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गर्दा 'इमर्जिङ प्लेयर' जावलाखेलका सिमान्त थापा भए ।