क्षेत्रीय तथा धार्मिक संस्कृतीलाई जोगाउंदै नयां पुस्तालाई प्राचिन सभ्यताबारे जागृत गर्नकालागी घोडा दौड प्रतियोगिताको आयोजना गरिएको छ ।
प्रदेश २ को बारा जिल्ला सदरमुकाम कलैयामा श्री कृष्ण घोडा दौड प्रतियोगिताको नामले संस्कृती जगेर्नाको काम गरिएको हो ।
कलैया सिटि जेसिज तथा श्री कृष्ण घोडा संरक्षण समितिको आयोजनामा बैधनाथपुरमा उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगितामा नेपाल र भारतका बिभिन्न स्थानहरुबाट आएका ‘घोरदौर’ हरुले आ–आफ्नो कर्तव्य देखाउने कलैया सिटी जेसिजका अध्यक्ष शम्भु गुप्ताले जनाए ।
नेपालमै नहुनेयस्ता सांसकृतिक आस्थाका प्रतियोगिताले नागरिकमा ठुलो उत्साह देखाएको छ । तिनवर्ष पहिला पनि यस्तो प्रतियोगिताको आयोजना गरिएको थियो ।
करिब २५ वटा बिभिन्न प्रजातिका घोडाहरु सम्मिलित प्रतियोगितामा त्यसमा सवार ‘घोरदौर’ (चालक) हरुले ठुलो मनोरञ्जन दिनेगरेका छन् ।
सेसिज नेपालका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले प्रतियोगिताको उदघाटन गर्दै यस्ताखाले प्राचिन खेलहरुको संरक्षकालागी कलैया सिटी जेसिनले गरेको कामको प्रसंसा गरेका थिए ।
प्रतियोगितामा विजयी हुनेहरुलाई नगद तथा बिभिन्न उपहारका सांथ सम्मान गर्ने गरिन्छ ।