सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो चरणअन्तर्गत आइतबार हुने एक मात्र खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले ब्रिगेड ब्वाइज क्लबको सामना गर्नेछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ पौने पाँचबाट सुरु हुनेछ । आज दुबै टोली तीन अंक जोड्ने योजनामा हुनेछन् ।
पहिलो जितको खोजीमा रहेको आर्मी दुई खेलमा २ अंक जोडेर नवौं स्थानमा छ । आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १(१ तथा दोस्रो खेलमा मछिन्द्र क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।
बलियो टिम आर्मीविरुद्ध मैदान उत्रिँदा ब्रिगेड दोस्रो जितको खोजीमा हुनेछ । ब्रिगेड दुई खेलमा ४ अंक जोडेर चौंथो स्थानमा छ ।पहिलो खेलमा एपिएफलाई ३(२ गोल अन्तरले हराएको ब्रिगेडले दोस्रो खेलमा ब्रिगेडले एनआरटीसँग गोलरहित बराबरी खेलेको थियो ।