नेपाल महिला रेस्लिङ प्रतिष्ठानको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार (आज) हुँदैछ।
प्रतियोगितामा नेपालसहित ४ राष्ट्रका १५ खेलाडीको सहभागिता रहने आयोजक प्रतिष्ठानकी अध्यक्ष भगवती खड्काले जनाएकी छन्।
नेपालबाट १०, भारत र पाकिस्तानबाट समान २–२ तथा अमेरिकाबाट १ रेस्लर सहभागी हुने छन्।