राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियक्त सदस्य सचिव टंकलाल घिसिङले मंगलबार पद तथा गोपनियताको शपथ ग्रहणसहित पदवहाली गरेका छन् । घिसिङलाई युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रमबीच युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गतहराजले शपथ गराएका हुन् ।
शपथसँगै सदस्य सचिव घिसिङले राखेप सचिवालयमा पुगेर पदबहाली गरे ।पदबहाली गर्दै सदस्य सचिव घिसिङले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले निर्देशित गरे अनुसार आफू खेलकुदको विकासका लागि लागि पर्ने बताए ।
मन्त्री परिषद्को सोमबार बसेको बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो ।सदस्य सचिव पदका लागि युवा तथा खेलकुद मन्त्रालयद्वारा गठित छनोट समितिले सोमबार नै घिसिङ सहित तीन जनाको नाम सिफारिस गरेको थियो ।
छनोट समितिले टंकलाल सहित डा।अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम सिफारिस गरेको थियो । तीनजना मध्येबाट सरकारले घिसिङलाई सदस्य सचिव बनाएको हो ।
युवा तथा खेलकुद मन्त्रालयले सदस्य सचिव पदको लागि एक साताअघि दर्खास्त आह्वान गरेको थियो । उक्त पदका लागि कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टसहित १८ जनाको आवेदन परेको थियो ।