सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टङ्कलाल घिसिङलाई नियुक्त गरेको छ । सिंहदरबारमा हिजो बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सदस्य सचिव बनाउने निर्णय गरेको हो ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सदस्य सचिवका लागि नेपाल रग्बी सङ्घका अध्यक्ष टङ्कलाल घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम मन्त्रिपरिषदमा पेस गरिएको थियो । सरकारले गएको कात्तिक १ गते तत्कालीन सदस्य सचिव रमेशकुमाल सिलवाललाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।