सर्वोच्च अदालतमा बिहीबारका लागि ९ इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजका लागि एउटा पूर्ण, एउटा एकल, र सात संयुक्त इजलास तोकेका हुन् ।
सर्वोच्चका अनुसार आज प्रधानन्याधीश जबराले भने आफ्नो लागि कुनै इजलास तोकेका छैनन् । आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।
प्रधानन्यायाधीश जबराले न्यायाधीशद्वय दीपककुमार कार्की, हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको लागि पूर्ण इजलास तोकेका छन् भने हरिप्रसाद फुयालको लागि एकल इजलास तोकेका छन् ।
यसैगरी, न्यायाधीशद्वय मीरा खड्का र प्रकाशमान सिंह राउत, विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमा, वमकुमार श्रेष्ठ र डा. कुमार चुडाल, टंकबहादुर मोक्तान र कुमार रेग्मी, टंकबहादुर मोक्तान र कुमार रेग्मी तथा तेजबहादुर केसी र डा. मनोजकुमार शर्माका लागि प्रधानन्यायाधीश जबराले संयुक्त इजलास तोकेको सर्वोच्चले जनाएको छ ।