भक्तपुर–नगरकोट सडक निरीक्षणमा गएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव सवार गाडी स्थानीयले रोकेका छन् ।
भक्तपुर–नगरकोट सडक कालोपत्रे नभएको भन्दै आक्रोशित स्थानीयले मन्त्री यादव सवार गाडी रोकेका हुन् ।
स्थानीयले सडक कालोपत्रेका सम्बन्धमा मन्त्रीलाई सोध्ने भन्दै गाडी रोक्न आग्रह गरेका थिए । तर, गाडी रोकिएन, अगाडि बढ्यो ।
त्यसपछि आक्रोशित बनेका स्थानीय मन्त्रीको गाडी अगाडि गएर लम्परास सुतेका थिए । अनि मात्रै मन्त्रीको गाडी रोकिएको थियो ।
डेढ महिनासम्म कालोपत्रे गर्ने तयारीका लागि मन्त्री यादव सडकको निरीक्षण गर्न गएकी थिइन् ।
सो क्रममा मन्त्री यादवले तत्काल कायम सुरु हुने र काम भएनभएको हेर्न २० दिनपछि आउने बताइन् । उनले समयमै काम नभए ठेकेदारलाई कारवाही गर्ने चेतावनी दिइन् ।

भक्तपुर–नगरकोट सडक १० वर्षदेखि कालोपत्रे हुन सकेको छैन ।