काठमाडौँमा सम्पन्न उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाले जितेको छ ।
फाइनलमा ललितपुर महानगरपालिकालाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै धनगढीले उपाधि जितेको हो ।
उपाधिसँगै धनगढीले ५ लाख जितेको छ । उपविजेजेता बनेको ललितपुरले ३ लाख हात पारेको छ । यस्तै विजेता र उपविजेता टिमले यसै वर्ष हुने राष्ट्रिय महिला लिग खेल्न पाउने छन । प्रतियोगितामा देशभरका ३१ वटा टिम सहभागि रहेका थिए ।
जसमा सुदूरपश्चिमबाट धनगढीको टिम संगै गोदावरी नगरपालिका, गैरीगंगा नगरपालिका र वेदकोट नगरपालिकाका टिम सहभागि रहेक थिए ।