न्यूजिल्यान्डमा आज नोभेम्बर ७ तारिखदेखि इच्छा मृत्यु रोज्न पाउने कानुन लागू भएको छ । अक्टोबरमा भएको जनमत संग्रहमा दुइ तिहाइ बहुमत (६५.१) प्रतिशतले उक्त कानुन पास भएको स्टफ न्यूजले भिडियो सार्वजनिक गरेको छ।
त्यहाँको स्वास्थ्य मन्त्रालयले कडा मापदण्ड बनाउँदै इच्छा मृत्युको सेवालाई वैधानिकता दिएको हो । कुनै व्यक्तिलाई निको नहुने दीर्घ रोग लागेको छ र छ महिनाभन्दा बढी बचाउन नसकिने अवस्था भए इच्छा मृत्युको विकल्प रोज्न पाउने छन् । छ महिनादेखि शारीरिक रूपमा कमजोर हुँदै गएका विरामीले यस सेवा लिन पाउनेछन् ।
विदेशी देशहरूको अनुभवमा स्वास्थ्य मन्त्रालयका अनुसार प्रत्येक वर्ष ९५० जनाले उक्त सेवाको लागि फाराम भरे पनि ३५० जनाले मात्र सो सेवा लिनेछन् । यो प्रक्रियाका लागि कम्तीमा पनि दुई जना चिकित्सकको सिफारिस अनिवार्य गरिएको छ ।
राहत
इच्छा मृत्युलाई कानुनी बनाएपछि निको नहुने रोग लागेकाहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।
न्यूजिल्यान्डका ६१ वर्षीय स्टुअर्ट आर्मस्टंग केही समयदेखि प्रोस्टेट क्यान्सरपीडित छन् । उनको यो क्यान्सर फैलिएर ढाडँसम्म पुगेको छ र यो कहिले पनि निको हुँदैन ।
उनी अहिले नै स्वच्छिक रूपमा इच्छा मृत्यु रोज्न पाउने छैनन् तर जब सबै प्रकृया पूरा हुन्छ, त्यो बेला उनले धेरै राहत महसुस गर्नेछन् । इच्छा मृत्यु पाउनु पर्ने अभिन्यता स्टुअर्ट आर्मस्टंगले यो कानुन पास भएर लागू भएकाले खुशी भएको बताए ।
स्विट्जरल्यान्ड, नेदरल्यान्ड, स्पेन, बेल्जियम, लग्जेम्बर्ग, क्यानडा, अष्ट्रेलिया र कोलम्बियामा इच्छा मृत्यु गर्न पाउने कानुन छ । कुनै न कुनै रूपमा इच्छा मृत्युको मान्यता अमेरिका, भारत, बेलायत, जर्मनी, पोर्चुगल, दक्षिण कोरिया, स्वीडेन, फिनल्याण्ड, अर्जेन्टिना, चिली, इटाली, फ्रान्सलगायतले दिएको छ ।