टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले श्रीलंकालाई चार विकेटले हराएको छ । यूएईको शारजाहमा श्रीलंकाले दिएको एक सय ४३ रनको लक्ष्य दक्षिण अफ्रिकाले ६ विकेट गुमाएर १ बल बाँकी छँदै भेट्टायो ।
दक्षिण अफ्रिकालाई अन्तिम ओभरमा १५ रन चाहिएकोमा डेभिड मिलरले २० औँ ओभरको दोस्रो र तेस्रो बलमा छक्का प्रहार गर्दै टिमलाई जिताए । श्रीलंकाका बानिन्दु हसरंगाले ह्याट्रिक विकेट लिए ।
यस्तै दुश्मन्था चमिराले दुई विकेट लिए । आजको हारसँगै श्रीलंकालाई सेमिफाइनल पुग्न मुश्किल देखिएको छ । दक्षिण अफ्रिका भने चार अंकका साथ तेस्रो स्थानमा पुगेको छ ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरमा अलआउट हुँदै एक सय ४२ रन बनायो । उसका लागि पथुम निशंकाले सर्वाधिक ७२ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका तबरेज शम्सी र डवाइन प्रेटोरियसले तीनरतीन विकेट लिए ।