मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अझैं तीन वर्ष राष्ट्रिय फुटबल टिमको नेतृत्व सम्हाल्ने भएका छन् ।
उनले बुधवार सामाजिक सञ्जालमार्फत अझैं तीन वर्ष राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक भएर नेतृत्व सम्हाल्ने जानकारी दिएका छन् ।
मुख्य प्रशिक्षक अल्मुताइरीले आगामी दुई वर्षको उद्देश्य र योजना सार्वजनिक गर्ने बताएका छन् । उनले नेपाली फुटबलको भविष्य राम्रो बनाउने बाचा गरेका छन् ।
माल्दिभ्समा भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई फाइनलमा पुर्याएका अल्मुताइरीले नेपाल नफर्किने घोषणा गरेका थिए । भारतविरुद्ध फाइनल खेल्नुअघि उनले यो खेल नेपाली टिमसँग अन्तिम खेल रहेको र नेपाल नफर्कने बताएका थिए । त्यसपछि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधारले माल्दिभ्समै पुगेर नेपाल फर्किन अनुरोध गरेका थिए ।
अल्मुताइरी गत चैतमा कतार पुटबल संघको सहयोगमा एक वर्षका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।