विराटनगर — मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश १ को प्रदेश सभा बैठक कार्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ ।
प्रतिपक्षी दल कांग्रेस र सत्तारुढ दल एमालेको निवेदनपछि बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेश १ को भ्रमण परेकोले आजको बैठक स्थगित गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएको थियो ।
तर, स्रोतका अनुसार नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका सांसदले फ्लोर क्रस गर्ने सूचना आएपछि बैठक रोक्न माग गरिएको थियोे । कांग्रेसका तीन र एकीकृत समाजवादीका एक सांसदले फ्लोर क्रस गर्न आशंका विपक्षीमा छ ।
कांग्रेसले बैठक रोक्न माग गरेपछि सत्तारूढ दल नेकपा एमालेले पनि बैठक रोक्दै कार्तिक १५ गते मात्र बैठक राख्न माग गर्दै अर्को निवेदन दिएको थियो ।
आजको बैठकमा प्रदेश १ का मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि राखेको प्रस्तावमा मतदान हुने कार्यसूची थियो ।
सम्बन्धित समाचारः
प्रदेश १ मा विश्वासको मतः फरार सांसदको खोजी
प्रदेश १ः मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदा विपक्षीलाई फ्लोर क्रसको डर !