नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) सँग मुख्य प्रशिक्षकको सम्झौता सकिँनै लाग्दा ‘एएफसी प्रो लाईसेन्स’ प्राप्त प्रशिक्षक अब्दुल्लाह पुनः नेपाली राष्ट्रिय टिम हेर्न तयार भएका हुन् ।
यसअघि नेपाल साफ च्याम्पियनसिपको २८ वर्षे यात्रामा पहिलोपटक फाइनल पुग्दा प्रशिक्षक अब्दुल्लाहले नेपाली टोलीको प्रशिक्षक पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।
उनले फाइनल खेल अन्तिम खेल हुने बताउँदै नेपाल समेत नजाने बताएका थिए । सोहीअनुसार नेपाल उपविजेता भएर स्वदेश फर्कदा अब्दुल्लाह नेपाल नआई सिधै कतार गएका थिए । एन्फाका केन्द्रीय सदस्य तथा राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले प्रशिक्षक अब्दुल्लाह नेपाल आउन तयार रहेको बताए ।