जनता समाजवादी पार्टि प्रदेश २ का अध्यक्ष बिजय यादवले पदबाट राजिनामा दिएपछि उनको ठाउंमा अध्यक्ष पदका लागि चर्चा शुरु भएको छ ।
पार्टि समायोजनको लागि जनकपुरमा जारी बैठकमा बिजय यादवबिरुद्ध चर्को घेराबन्दी भएपछि उनले राजिनामा दिएको बुझिएको छ ।
पार्टि अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा भईरहेको बैठकले आजै नयां अध्यक्षको टुंगो लगाउने जसपा श्रोतले जनाएको छ ।
तत्कालिन राजपा र संघीय समाजवादी फोरम मिलेर बनेको जसपाबाट महंथ ठाकुर समुह अलग भएपछि प्रदेश २ समितिको समायोजन गर्न लागिएको हो ।
आजै अबेर राति सम्म चनयन गरिने प्रदेश समितिको अध्यक्ष पदका लागि प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र साह र जसपाको स्वास्थ्य बिभागका बालकिशोर यादव आकांक्षी देखिएका छन् ।
जसपाका एकजना प्रदेशसभा सदस्यका अनुसार सप्तरीका साह र रौटहटका यादव प्रदेश अध्यक्ष पदका लागि अगाडि सरेका हुन् ।
साह यसअधि कृषिमन्त्री हुंदा उनलाई प्रमोशन गरेर अर्थ मन्त्रालयमा ल्याईएको हो । अर्थमन्त्री रहेका बिजय यादवले सो अपमान सहन नसकेर पनि पार्टिको प्रदेश अध्यक्षबाट राजिनामा दिएको बुझिएको छ ।
रौतहटका यादव भने उपेन्द्र यादवका बफादार भएको मानिन्छ । उनि स्वास्थ्य सेवाबाट आएका हुन् ।