बेलायत सरकारले नेपाललाई राताे सूचीबाट हटाएकाे छ। कोरोना नियन्त्रणमा नेपालको सक्रियता र नतिजाको आधारमा जोखिम सूचीमा सुधार भएको र खोप लगाउनेकाे संख्या बढेसँगै बेलायत सरकारले नेपाललाई रातो सूची बाट हटाएकाे हाे। याे परिवर्तन अक्टोवर ११, २०२१ (सोमबार) बाट लागू हुने बेलायत सरकारले जनाएकाे छ।
बेलायतले जोखिमका आधारमा विभिन्न देशलाई ‘ट्राफिक लाइट सिस्टम’ का आधारमा वर्गीकरण गरिदै अाएकाे छ। जोखिम कम भएका पाकिस्तान, बंगलादेश, मालदिभ्स, श्रीलंका, केन्या, टर्की तथा ओमान, २२ सेप्टेम्बरदेखि पहेंलो सूचीमा चढाइएकाे थियाे। बेलायत सरकारसँग राम्रोसँग कूटनीतिक पहल नगरेका कारण दक्षिण एसियाका यी देशहरू रातो सूचीबाट हटेकाे तर कोरोनाको दर क्रमशः घटेको नेपाललाई भने रातो सूचीमा कायमै राखेको बेलायत राजदूतावासले बताएकाे थियाे।
त्यस लगतै अधिकांशले कोभिड- १९ विरुद्धको खोप लगाइसकेका र त्यस आधारमा पनि नेपालीलाई यातायातमा सहज गराउन लन्डनस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई पनि पत्र पठाएर दुई देशबीचको यात्रा सहज गर्न पहलकदमी थाल्न अनुरोध गरेको थियाे।
अन्य युरोपेली मुलुकहरूले भने नेपाललाई रातो सूचीबाट पहिले नै हटाइसकेको छ।