फेसबुक डाउन हुँदा सह–संस्थापक तथा मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गको कूल सम्पत्तिमा ६ बिलियन डलर(७ खर्ब नेपाली रुपैयाँ) को गिरावट आएको छ ।
फेसबुक डाउन हुँदा उनलाई भारी नोक्सानी हुन पुगेको छ । यससँगै उनी अर्बपतिको सूचीबाट दुई स्थान लत झरेका छन् ।
नेपाली समयानुसार सोमबार राती करिब १० बजेतिर संसारभरी फेसबुकका सबै सेवा डाउन भएको थियो । फेसबुकका विभिन्न सेवाका साथै इन्स्टाग्राम, ह्वाट्सएप, अमेरिकी टेलिकम कम्पनी जस्तै भेरिजोन र टी मोबाइलको सेवा घण्टौंसम्म ठप्प रह्यो ।