नेपाल र भारतको चेम्बरका पदाधिकारीहरुले भारतका रेल अधिकारी र सांसदहरुलाई सयुंक्त रुपमा भेटेका छन्।
रक्सौल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज र वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरुले विभिन्न रेल अधिकारी र सांसदहरुलाई भेटेर रेल्वेको विभिन्न समस्याहरुका बारेमा छलफल गरेका हुन।
रक्सौल च्याम्बरका अध्यक्ष अरुण गुप्ता र महासचिव आलोककुमार श्रीवास्तवले सांसद र एडीआरएमलाई ज्ञापन पत्र बुझाउँदै रक्सौलबाट दरभंगासम्म चल्ने सत्याग्रह एक्सप्रेसलाई रेल्वेको योजनामा रोक लगाउन माग गरेका छन्।
चेम्बरका पदाधिकारीहरूले सत्याग्रह रक्सौलको जीवनरेखा हो, यसलाई दरभंगामा लैजानु यहाँका जनताहरु माथि अन्याय भएको बताएका छन्
। अर्कोतर्फ, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताको नेतृत्वमा रहेको टोलीले रक्सौलबाट सुपरफास्ट ट्रेन चलाउन र रक्सौल विमानस्थल शुरु गर्न माग गरेको छ।
टोलीमा वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल (पटवारी), उपाध्यक्ष हरि गौतम, माधव राजपाललगायत सहभागी थिए।