इंग्ल्यान्ड युरोकप २०२० को फाइनल प्रवेश गरेको छ ।
बिहीबार विहान सम्पन्न दोस्रो सेमिफाइनल खेलमा डेनमार्कलाई २–१ गोलले पराजित गर्दै इंग्ल्यान्ड प्रतियोगिताको फाइनलमा पुगेको हो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयमा गोल गर्दै इंग्ल्यान्डले जित निकालेको हो ।
इंग्ल्याण्ड ठूलो प्रतियोगितामा ५५ वर्षपछि र युरोकपमा पहिलो पटक फाइनल पुगेको हो । यसअघि सन् १९६६ मा घरेलु मैदानमै भएको विश्वकपको उपाधि इंग्ल्याण्डले जितेको थियो ।
यस्तै युरोकपको फाइनलमा पुग्ने इंग्ल्याण्ड १३औं टिम बनेको छ भने १७ वर्षपछि युरोकपमा नयाँ टिम फाइनल पुगेको छ ।
योसँगै युरोकप २०२० को उपाधिका लागि आइतबार राति इटली र इंग्ल्याण्ड भिड्ने भएका छन् ।