नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली नेता माधवकुमार नेपालप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन्। बालुवाटारमा आइतबार आयोजीत एक कार्यक्रममा उनले नेता नेपाल अनुशासनहिन र अराजक बनेको टिप्पणी गरे। ‘आफ्नो सरकारविरूद्ध विश्वासको मत नहाल्ने? अर्को सरकार बनाउन त्यहाँ पुग्ने? समर्थन गर्न पुग्ने?’ ओलीले प्रश्न गरे।
विपक्षी गठबन्धनसँग मिलेर आफ्नै पार्टीको नेतृत्वमा बनेको सरकार ढाल्ने प्रयासमा रहेका नेपालप्रति ओलीले आक्रामकता प्रस्तुत भएका हुन। नेता नेपाल पक्षका २८ सांसद वैशाख २७ मा ओलीले संसदमा विश्वासको मत लिँदा अनुपस्थित भएका थिए। पछि उनीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।
प्रधानमनत्री ओलीले शिर्ष तहका नेताहरुले नै अनुशासनविपरीत गतिविधी गर्दा पार्टीमा अनुशासनहिनता बढ्ने जिकीर गरे। ‘दलीय अनुशासन प्रणाली, संसदीय अनुशासन प्रणाली बेगरका काम भएका छन्। तिनले खाएको सपथ झुठो हो र बैमानी हो,’ उनले भने, ‘उनीहरूले खाएको सपथभित्र स्वार्थ पूरा गर्ने कपट लुकेको हुन्छ।’ प्रधानमन्त्री ओलीले थपे, ‘राष्ट्रपतिज्यूकहाँ पुगेर म विरोधका लागि आएको छु भन्ने? सरम छैन?’