नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाएका छन्। संसदीय दलका उपनेता सुभाष नेम्वाङका अनुसार साँझ ५ बजेको लागि बैठक बोलाइएको हो। पार्टीका आन्तरिक विषयमा छलफल गर्न बैठक बोलाइएको उनले बताए।
यसअघिको बैठकमा माधव नेपाल पक्षका १४ नेतालाई सोधेको स्पष्टीकरणबारे आज छलफल हुने बताइएको छ। विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्दै हस्ताक्षर गर्ने नेपाल पक्षका १४ जना नेतालाई सोधिएको स्पष्टीकरणको जवाफ नेताहरुले पठाएका थिएनन् ।
स्पष्टिकरण नपठाउने नेताहरुलाई कारवाही गर्ने तयारी ओली पक्षको छ। श्रोतका अनुसार स्पष्टीकरण नपठाउने नेताहरुलाई पार्टीबाट निष्काशन गर्ने तयारी भइरहेको छ।