सरकारबिरुद्द योजना बनाउन एकाबिहानै भेला भएका विपक्षी गठबन्धनका नेताहरुको छलफल सकिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित घरमा बिहानैदेखी विभिन्न दलका १ दर्जनभन्दा बढी नेताहरु भेला भएका थिए।
उनीहरुले कोरोना महामारीबाट सुरक्षित हुँदै राजनीतिक तहबाट प्रतिनिधी सभा विघठनको विरोध गर्ने तय गरेका छन्। छलफलका क्रममा विपषी दलका नेताहरुले कामचलाउ सरकारले पूर्ण आकारको बजेट ल्याएको भन्दै विरोध पनि गरेका थिए।
छलफलमा काँग्रेसका सभापति देउवा, वरिष्ठ नेता पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का, पुष्पा भुसाल, राधेश्याम अधिकारीलगायत थिए। यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, देव गुरुङ, कृष्णबहादुर महरा तथा एमालेको खनाल नेपाल पक्षबाट नेता माधव नेपाल र भीम रावल छलफलमा सहभागी थिए भने जसपाबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, नेता राजेन्द्र श्रेष्ठ र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल पनि छलफलमा सामेल भएका थिए।
