स्थायी कमिटी बैठकको निर्णय नमान्दै सुदुरपश्चिम सरकारमा सामेल भएका आफ्ना ३ प्रदेश सांसदलाई नेकपा एमालेले पार्टीबाट निष्कासन गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री समेत ह
रहेका तीन प्रदेश सांसदलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको हो।
संसदीय दलका नेता समेत रहेका प्रकाश शाह, कृष्ण सुवेदी र माया भट्ट निष्कासनमा परेका हुन्। यसैबीच माधव नेपाल पक्षमै विवादपछि कृष्ण सुवेदी र माया भट्ट आज विस्तारित मन्त्रिपरिषदमा छुटेका छन्।
स्थायी कमिटी बैठकले दिएको निर्देशन अटेर गरेको र प्रदेश कमिटीले सोधेको स्पष्टीकरण समेत चित्तबुझ्दो नदिई माओवादी सरकारमा सामेल भएकाले निष्कासन गरिएको प्रदेश अध्यक्ष कर्णबहादुर थापाले बताए।