जनता समाजवादी पार्टी (जसपा)का संघिय परिषद अध्यक्ष बाबुराम भट्टराई केहि समयअघि प्रधानमन्त्री केपी शर्मालाई भेटेको विषयले निकै चर्चा पाएको थियो। आफुँलाई प्रधानमन्त्री बनाईदिन आग्रह गदै भट्टराई आधारातमा बालुवाटार गएर प्रधानमन्त्री ओलीलाई भटेको नेकपा एमालेका सांसद महेश बस्नेतले बताएपछी यो विषय चर्चामा आएको थियो।
जवाफमा त्यतिबेला भट्टराईले भनेका थिए, ‘मैले व्यक्ति ओलीलाई हैन, प्रधानमन्त्री ओलीलाई भेटेकै हो।’ भेटमा उनले आफुँले राष्ट्रिय सहमतीको सरकारका लागि पहल गरेको दावी गरेका थिए।
अहिले भट्टराईको बयान फेरीएको छ। शुक्रबार प्रकाशित एक अन्र्तवार्ताको क्रममा उनले प्रधानमन्त्रीलाई भेट्नुको कारण बेग्लै बताएका छन्। उनले भने, ‘सबै विषयको खुलासा उपयुक्त समय आएपछि नै गर्नु सही हुन्छ। म त्यो गर्ने नै छु। मैले वैशाख १४ गते आफ्नै पहलमा प्रधानमन्त्रीलाई भेटेँ।’
समय आएपछी खुलाशा गर्नु उपयुक्त हुन्छ भनेका बाबुरामले केहिबेरमै फेरी भने, ‘पूर्वप्रधानमन्त्री हुनुको नाताले त्यस्ता भित्री–बाहिरी सूचना प्राप्त हुन्छ पनि र मेरो ब्रह्मले देख्छ पनि । त्यही हुनाले त्यो गम्भीर विषयलाई मैले मेरो देशको प्रधानमन्त्री, जोसँग मेरो विचार मिल्दैन, स्वभाव मिल्दैन तर एउटा नागरिकले आफ्नो देशको प्रधानमन्त्रीलाई आफ्नो ब्रह्मले देखेको कुरा भन्नुपर्छ भन्ने भएर नै गएर मैले आफूले देखेको कुरा उहाँलाई राखेको हो।’
भेटमा आफुँले प्रधानमन्त्रीसँग भनेको कुरा उनले खुलाउन चाहेनन्। भट्टराईले भनेका छन्, ‘मैले उहाँलाई के भनें, त्यो अहिले डिटेलमा बताउन चाहन्नँ। मैले म तपाईले बोलाएर आएको होइन, आफ्नो देशको प्रधानमन्त्रीलाई नागरिकको हैसियतले केही कुरा भन्नुपर्छ भन्ने लागेर भेट्न आएको हुँ भनें।’
राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिको बिषयमा आफुँलाई भन्दा बढी प्रधानमन्त्रीलाई नै सुचना प्राप्त हुने भएपनि स्मरण गराउने ढंगले मात्र भेटेको बाबुरामको कथन छ।