नेकपा एमालेले माधव कुमार नेपाल – झलनाथ खनाल गुटका नेताहरुमाथी कारबाही गर्ने तयारी गरेको छ। पार्टीको स्थायी कमिटी बैठकले भाधव कुमार नेपाल, भिम रावललगायतका नेताहरुलाई पार्टीबाट निष्काशन गर्ने तयारी गरेको एमालेनिकट श्रोतले जानकारी दिएको छ। माधव गुटका सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, योगेश भट्टराईगायतलाई भने तत्काल कारबाही नहुने श्रोतले जानकारी दिएको छ।
श्रोतका अनुसार योगेशले माधव गुट छोडेको र पाण्डे, भुषाल, गोकर्ण विष्टलगायत पनि पार्टीमा रहेर काम गर्न ईच्छुक देखिएकाले उनीहरुमाथी कारबाही नहुन पनि सक्छ। केहि सांसदहरुमाथीको छानविन नटुङ्गीएको खण्डमा भने कारबाही केहि दिनको लागि रोकीन सक्ने अध्यक्ष ओली निकट एक नेताले जानकारी दिए। ‘सबैलाई एकैपटक कारबाही गर्ने निष्कर्ष आएको खण्डमा माधव नेपाल र भिम रावलमाथी आजै कारबाही नहुन सक्छ,’ ती नेताले भने।
विशेषगरी नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदहरुमाथी कारबाही गर्न खोजिएको श्रोतले बताएको छ। श्रोतले भन्यो, ‘ह्विप उल्लङ्घन गर्नेभन्दा पनि विपक्षीसँग् मिलेर आफ्नै पार्टीबिरुद्ध सरकार बनाउन लागेकाहरुलाई तत्काल कारबाही गर्ने कुरा छ।’
देउवालाई प्रस्ताव बोकेर पूर्वप्रधानमन्त्री नेपाल र रावल शितल निवास पुगेका थिए। देउवालाई प्रधानमन्त्री बनाउन एमालेको हस्ताक्षर संकलन पनि रावलले गरेका थिए भने त्यसको ‘कभरिङ लेटर’ बनाउने जिम्मा पनि नेपाल समूहका तर्फबाट रावलले गरेका थिए।
त्यसबाहेक राष्ट्रियसभा सदस्यको वागमती प्रदेशमा भएको उपचुनावमा पार्टीका उम्मेद्वार रामबहादुर थापालाई हराउन भूमिका खेल्ने एमाले पूर्व उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डेलाई पनि एमाले स्थायी कमिटीको शनिवार बस्ने बैठकले कारवाहीको प्रक्रिया थाल्ने छ।
वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा शनिबारै बसेको बसेको संसदीय बोर्डले शाक्यसहित १८ जनालाई २४ घन्टे स्पष्टीकरण सोधिसकेको छ।