काठमाडौं । कर्णाली प्रदेशमा सोमबार बिहान ११ बजेका लागि तय गरिएको मन्त्रीको शपथ कार्यक्रम अन्तिम समयमा स्थगित भएको छ ।
कर्णाली प्रदेशमा सोमबार बिहान ११ बजेका लागि तय गरिएको मन्त्रीको शपथ कार्यक्रम अन्तिम समयमा स्थगित भएको छ। मन्त्रीको नाममा सहमति जुट्न नसकेपछि शपथ कार्यक्रम रोकिएको हो।यसअघि मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश प्रमुखको कार्यालयसँग समन्वय गरी बिहान ११ बजे शपथका लागि समय लिएका थिए। तर मन्त्रीको नाम सिफारिस गर्न नसकेपछि कार्यक्रम स्थगित भएको बताइएको छ।मुख्यमन्त्री शाही आफैँ प्रदेश प्रमुखको कार्यालय पुगेर प्रदेश प्रमुख यज्ञराज जोशीसँग भेट गरी शपथ कार्यक्रम रोक्न आग्रह गरेको स्रोतले जनाएको छ।स्रोतका अनुसार मुख्यमन्त्रीले मन्त्री चयनमा सहमति नजुटेको भन्दै केही दिन समय माग गरेका थिए। अब आगामी ११ गतेसम्म मन्त्रीको नाम टुंगो लाग्न सक्ने संकेत उनले दिएको बताइएको छ।
यसअघि विन्दमान विष्ट, जुम्कित लामा र मिलन खड्काको नाम मन्त्रीका रूपमा चर्चामा थियो। तर साबिक समाजवादी धारले ती नाममा सहमति नजनाएको स्रोतको दाबी छ। उक्त समूहले कल्याणी खड्कालाई मन्त्री बनाउनुपर्ने अडान राखेको बताइएको छ।कर्णालीमा मन्त्री बन्न अन्य सांसदहरूले समेत दाबी प्रस्तुत गरेपछि मुख्यमन्त्री शाहीलाई मन्त्रालय बाँडफाँट मिलाउन थप चुनौती परेको छ।भागबन्डाअनुसार नेकपाको भागमा तीन मन्त्रालय परेको छ भने एमालेले आफ्नो भागमा परेका तीनवटै मन्त्रालयमा यसअघि नै मन्त्री पठाइसकेको छ। अब बाँकी मन्त्रालयमा मन्त्री छनोट गर्न दलभित्र सहमति जुटाउनुपर्ने अवस्था छ।मन्त्रीको नाममा सहमति जुट्न नसकेपछि शपथ कार्यक्रम रोकिएको हो।यसअघि मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश प्रमुखको कार्यालयसँग समन्वय गरी बिहान ११ बजे शपथका लागि समय लिएका थिए। तर मन्त्रीको नाम सिफारिस गर्न नसकेपछि कार्यक्रम स्थगित भएको बताइएको छ।
मुख्यमन्त्री शाही आफैँ प्रदेश प्रमुखको कार्यालय पुगेर प्रदेश प्रमुख यज्ञराज जोशीसँग भेट गरी शपथ कार्यक्रम रोक्न आग्रह गरेको स्रोतले जनाएको छ।स्रोतका अनुसार मुख्यमन्त्रीले मन्त्री चयनमा सहमति नजुटेको भन्दै केही दिन समय माग गरेका थिए। अब आगामी ११ गतेसम्म मन्त्रीको नाम टुंगो लाग्न सक्ने संकेत उनले दिएको बताइएको छ।यसअघि विन्दमान विष्ट, जुम्कित लामा र मिलन खड्काको नाम मन्त्रीका रूपमा चर्चामा थियो। तर साबिक समाजवादी धारले ती नाममा सहमति नजनाएको स्रोतको दाबी छ। उक्त समूहले कल्याणी खड्कालाई मन्त्री बनाउनुपर्ने अडान राखेको बताइएको छ।कर्णालीमा मन्त्री बन्न अन्य सांसदहरूले समेत दाबी प्रस्तुत गरेपछि मुख्यमन्त्री शाहीलाई मन्त्रालय बाँडफाँट मिलाउन थप चुनौती परेको छ।भागबन्डाअनुसार नेकपाको भागमा तीन मन्त्रालय परेको छ भने एमालेले आफ्नो भागमा परेका तीनवटै मन्त्रालयमा यसअघि नै मन्त्री पठाइसकेको छ। अब बाँकी मन्त्रालयमा मन्त्री छनोट गर्न दलभित्र सहमति जुटाउनुपर्ने अवस्था छ।