निर्वाचन आयोगले सरकारले तोकेको मितीमा निर्वाचन गराउन सकिने बताएको छ। प्रधानमन्ी केपी शर्मा ओलीसँगको भेटमा आयोगका प्रमुख आयुक्त र आयुक्तहरुले सरकारले तोकेको मितिभित्रै निर्वाचन गराउन सकिने जानकारी गराएका हुन्। प्रधानमन्त्री ओलीले शनिबार बिहानआयोगका पदाधिकारीलाई बालुवाटारस्थित निवासमा बोलाएर परामर्श गरेका थिए।
आयोगले निर्वाचनको तयारीका लागि १ सय २० दिन चहिने भन्दै तोकीएको मितीमा निर्वाचन गराउन सकिने प्रधानमन्त्रीलाई जानकारी गराएको छ। शुक्रबार मध्यरातमा मन्त्रिीपरिषदको सिफारिस सदर गर्दै राष्ट्रपती बिध्यादेवी भण्डारीले संसदन विघटन र निर्वाचनको मिती घोषणा गरेकी थिईन।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचन मिति तोकेकी छन्। निर्वाचन सम्बन्धी ऐनमा निर्वाचनका लागि १२० कार्य दिन तोकिएको छ । निर्वाचनका लागि गर्नुपर्ने सबै तयारी सकिने भन्ने परिकल्पनाअनुसार १२० कार्य दिन तोकिएको हो ।
यद्यपि निर्वाचन सम्बन्धी केही कानुन संशोधन गर्नु पर्ने जानकारी आयोगका पदाधिकारीहरुले प्रधानमन्त्रीलाई गराएका थिए। केन्द्र, प्रदेश र स्थानीय तहका लागि छुट्टाछुट्टै कानुन भए पनि धेरैजसो बुँदाहरु दोहोरिएकाले त्यसलाई मिलाउनुपर्ने आवश्यकता उनीहरुले औंल्याएका थिए।
प्रधानमन्त्री ओलीले कानुनी, आर्थिक र कर्मचारी व्यवस्थापन लगायतका सबै तयारी गर्न आग्रह गर्दै त्यसमा सरकारको पूर्ण साथ रहने बताएका थिए।