राष्ट्रपती विध्या देवी भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणा गरेकी छिन्। उनले राती करिव २ बजे राष्ट्रपती कार्यालयबाट एक पत्र जारी गर्दै सरकारको सिफारिस सदर गरेकी हुन्। राष्ट्रपती भण्डारीले सिफारिसअनुरुप आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचनको घोषणा समेत गरेकी छिन्।
शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा विघटन गरी चुनाव गर्ने मिति तोकेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरेको दाबी पूर्ण नभएको भन्दै खारेज गरेपछि बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गर्ने निर्णय गरेको हो।
