आकस्मिक रुपमा मध्यराती बोलाइएको मन्त्रिपरिषदको बैठकले संसद विघठन गरेर चुनावको मिती तय गरेको छ। राष्ट्रपती बिध्यादेवी भण्डारीले बहुमतको आधार नदेखिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापती शेरबहादुर देउवाको दावी खारेज गरेपछी आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाइएको थियो।
बैठकले संसद विघठन गरेर कात्तिक २६ र मंसिर ३ गतेको लागि निर्वाचन मिती राष्ट्रपति समक्ष सिफारिस गरीएकाे छ। राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री चयन गर्न नसकिने जानकारी विज्ञप्ति मार्फत् दिएको थियो।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै १४९ जना सांसदहरुको हस्ताक्षर बुझाइएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा दावी पेश गरेका थिए। ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा) का ३२ जनाले आफूलाई समर्थन गर्न पत्र पेश गरेका थिए।