काठमाडौं – प्रधानमन्त्री पदका लागि परेको दुबै दावी खारेज भएपछी बालुवाटारमा मन्त्रीपरिषदको आकस्मिक बैठकले संसद विघठनको सिफारिस गर्नेे तयारी गरेको छ। राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री चयन गर्न नसकिने जानकारी विज्ञप्ति मार्फत् दिएको थियो।
आकस्मिक बैठकमा संसद विघठनबाहेक चुनाव घोषणा र स्वास्थ्य संकटकाल लगाउने बिषयमा निर्णय लिइनेछ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै १४९ जना सांसदहरुको हस्ताक्षर बुझाइएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा दावी पेश गरेका थिए। ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा) का ३२ जनाले आफूलाई समर्थन गर्न पत्र पेश गरेका थिए।
(यसअघिकाे समाचारमा अन्यथा भएकाेमा सच्याइएकाे छ।)