जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पनि शकाँग्रेस सभापती शेरबहादुर देउवाको समर्थनमा हस्ताक्षर गर्ने आफ्ना सांसदहरुलाई कारवाही गर्ने भएको छ। अध्यक्ष महन्थ ठाकुर पक्षले देउवाको पक्षमा हस्ताक्षर गर्ने १२ जना सांसदहरुलाई कारवाही गर्ने जनाउँदै उनीहरुको हस्ताक्षरलाई मान्यता नदिन राष्ट्रपतीलाई आग्रह गरेका छन्।
जसपाका संसदीय दलका नेता राजेन्द्र महतोले लेखेको पत्रमा काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफ्नो दलबाट १२ जनाले गरेको हस्ताक्षर गर्ने सांसद्लाई पार्टीले कारवाहीको प्रकृया अगाडि बढाएको हुनाले सो हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरिएको छ।
अहिलेको अवस्थामा जसपा पनि दुई खेमामा विभाजीत छ। पार्टीका अध्यक्ष ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो एउटा खेमामा छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव र संघिय परिषद अध्यक्ष बाबुराम भट्टराई एउटा खेमामा विभिाजित छन्। महन्थले प्रधानमन्त्री ओलीको समर्थन गरिरहेका छन् भने उपेन्द्र विपक्षी गठवन्धनमा।
जसपा नेपालका उपेन्द्र यादव पक्षले प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा १२ जना सांसदको हस्ताक्षर बुझाएका थिए । यता, जसपा नेपालका अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीको समर्थनमा पार्टीका ३२ जनाको नामसहितको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएका छन् ।