नेकपा एमालेका सांसद तथा माधव कुमार नेपाल पक्षका नेता योगेश भट्टराई आजको दिन आफ्नो लागी इतिहासकै कठिन दिन आज भएको प्रतिक्रिया दिएका छन्। आफ्नो फेसबुक वालमा स्ट्याटस लेख्दै उनले आफुँले सही गरे वा गलत ईतिहासले मुल्याङ्कन गर्ने बताएका छन्।
उनले यो निर्णय पार्टी एकता जोगाउनका लागि लिएको बताउँदै लेखेका छन्, ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज। नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ। सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु। मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज। नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु।’
प्रधानमन्त्रीमा विपक्षी दलका नेता शेरबहादुर देउवालाई सघाउने माधव कुमार नेपाल समुहको निणर्यप्रति भट्टराईले असहमती जनाउदैँ हस्ताक्षर फिर्ता लिएका थिए।