नेकपा एमालेले विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने नेताहरुलाई कारवाही गर्ने निर्णय गरेको छ। एमालेले राष्ट्रपती कार्यालयलाई सुचना पठाउदैँ शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने जानकारी गराएको छ।
देउवाको पक्षमा हस्ताक्षर गरेर माधव नेपाल पक्षका नेताहरुले दलीय अनुशासनविपरित गएको ठहर गर्दै कारबाही गर्ने राष्ट्रपती समक्ष जाहेर गरेको हो। साथै माधव पक्षका नेताहरुले देउवाको पक्षमा गरेको हस्ताक्षरलाई मान्यता नदिन समेत आग्रह गरिएको छ।
शुक्रबार संविधानको धारा ७६ (५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएका छन्। जसमा नेकपा एमालेको माधवकुमार नेपाल पक्षका २६ सांसदले पनि हस्ताक्षर गरेका छन्।
राष्ट्रपती समक्ष बुझाइएको हस्ताक्षर बिवादमा परेको छ। केहि सांसदहरुले आफ्नो हस्ताक्षरको दुरुपयोग भएको बताईरहेका छन्।