चरम आन्तरिक बिवादको विचमा बसेको एमालेको कार्यदल बैठकमा हस्ताक्षरको बिषयमा चर्काचर्की भएको छ। एमालेभित्रको बिवाद सल्टाउन गठित कार्यदलको बैठकमा माधव कुमार पक्षका नेताहरुले नै आफ्नो हस्ताक्षरको दुरुपयोग भएको स्पष्टिकरण दिनुपरेको छ। कार्यदलको बैठकमा आज हस्ताक्षर बाहेक अन्य बिषयलेप्रवेश नै पाएन्।
कार्यदलका सदस्य तथा अध्यक्ष केपी ओली पक्षका नेता सुवास नेम्बाङले अर्को मिति तय गरेर फेरि बस्नेगरी बैठक सकिएको जानकारी दिए। हस्ताक्षरमा बिषयमा बैठकमा केहिबेर दुबै पक्षका नेताविच भनान समेत भएको थियो।
स्रोतका अनुसार बैठकमा नेता माधवकुमार नेपाल पक्षले प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफुहरुको हस्ताक्षर लगेर दुरुपयोग गरेको विषय उठाएका थिए। नेपाल पक्षबाट कार्यदलका रहेका नेताहरुले केही नेताहरुले आफूहरुको हस्ताक्षरको दुरुपयोग भएको भन्दै आपत्ति जनाएका थिए।
कार्यदलमा नेपाल पक्षबाट भीम रावलको संयोजकत्वमा ५ र केपी ओेली पक्षबाट सुवास नेम्वाङको संयोजकत्वमा ५ गरी १० जना सदस्य छन्।