काठमाडौं – नेकपा एमालेको माधव कुमार नेपाल पक्षका सांसद जय कुमार राईले अफ्नो हस्ताक्षरको दुरुपयोग भएको भन्दै राष्ट्रपतीलाई पत्र लेखेका छन्। सुनसरी क्षेत्र नम्बर का सांसद राईले आफुँले शेरबहादुर देउवाको समर्थनमा हस्ताक्षर नगरेको स्पष्ट पार्दै पत्र लेखेका हुन्।
‘मेरो हस्ताक्षर समेत दुरुपयोग गरी सम्माननिय राष्ट्रपतीको कार्यालयमा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री पदमा श्री शेरबहादुर देउवालाई प्रस्ताव गरिएको भनि सार्वजनिक सञ्चारमाध्यममा समाचार आएकोमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ,’ सांसद राईले पत्रमा लेखेका छन्। ‘म एमालेको प्रतिनिधी सभा सदस्य हुँ। र मैले मेरो पार्टी अध्यक्षको बिरुद्धमा विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने गरी कुनै हस्ताक्षर नगरेको व्यवहोरा जानकारी गराउदछु।’
यसअघि माधव समुहका प्रभावशाली नेता सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट, योगेश भट्टराईलगायत ५ जना सांसदले पनि शेरबहादुर देउवालाई समर्थन गर्न नसकिने बताएका थिए। पाण्डे र विष्टले समेत आफ्नो हस्ताक्षर कितेृ गरिएको बताएका छन्।
